सर्लाहीमा दुई छोराछोरीसहित आमा मृत फेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीमा दुई छोराछोरीसहित आमा मृत फेला


१२ मंसिर २०७८, आइतबार


सर्लाही । सर्लाहीको हजरियामा आज (आइतबार) बिहान दुई छोराछोरीसहित एक महिला मृत फेला परेकी छन् ।

बरहथवा नगरपालिका–१, हजरिया नयाँ बजारका शिव हजारी पासवानकी श्रीमती २६ वर्षीया कविता, ६ वर्षीया छोरी सलोनी र ४ वर्षीय छोरा स्वागत मृत अवस्थामा फेला परेका हुन् ।

कविताको झुन्डिएको अवस्थामा र दुई छोराछोरीको ओछ्यानमै सुतिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए ।

घटनास्थलको सम्बन्धमा अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप प्रस्ट हुने प्रहरी नायब उपरीक्षक यादवले बताए। मृतक कविताका श्रीमान् शिव हजारी विगत चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

कविता आफ्नो दुई सन्तानलाई लिएर छुट्टिएर बस्दै आएकी थिइन् । उनले आफ्नो भागमा परेको एउटा कोठामा खाने, सुत्नेदेखि किराना पसलसमेत सञ्चालन गर्दै आइरहेकी थिइन्।

मृतक महिला र दुई छोराछोरीको शव पोस्टमार्टमका लागि आइतबार मध्यान्ह जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।

माइती पक्षसमेत आएपछि शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको बरहथवा प्रहरीले जनाएको छ । मृतक महिलाको माइती रौतहटको देवाही गोनाही हो ।

Tags :
प्रतिक्रिया दिनुहोस