पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण, ३४२ जना निको « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण, ३४२ जना निको


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४२ जना निको भएका छन् ।

आज (आइतबार) थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख १६ हजार ३५० पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ भने ८ लाख २ हजार ३८९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९६६ जना रहेका छन् । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १७१ जना आइसियु र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस