कोरोना सङ्क्रमित नेता भीम आचार्यलाई महाधिवेशन स्थलबाट भरतपुर अस्पताल लगियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना सङ्क्रमित नेता भीम आचार्यलाई महाधिवेशन स्थलबाट भरतपुर अस्पताल लगियो


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले) महाधिवेशनमा भाग लिन पुगेका नेता भीम आचार्य कोरोना सङ्क्रमणबाट बिरामी भएपछि भरतपुर अस्पताल लगिएको छ ।

केही दिनअघि सङ्क्रमण पुष्टि भएपछि आचार्य सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए ।

आइसोलेसन स्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो ।

आचार्यलाई ज्वरो लगायतका लक्षणहरु देखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस