नेतृत्वले प्रतिनिधिका भावनाको कदर गर्न सक्नुपर्छ , नसके चुनाव : योगेश भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेतृत्वले प्रतिनिधिका भावनाको कदर गर्न सक्नुपर्छ , नसके चुनाव : योगेश भट्टराई


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले महाधिवेशनमा सहभागी २२ सय प्रतिनिधिका भावनाको कदर गर्दै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । सर्वसम्मत नभए चुनावमा जानुपर्ने उनको तर्क छ ।

‘प्रतिनिधिलाई नेता चुन्ने मौका दिएको भए नेतृत्वलाई सजिलो हुने थियो’, नेता भट्टराईले भने, ‘तर नेतृत्वले नै जिम्मा लिएपछि सबैको भावनाको कदर गर्न सक्नुपर्छ ।’

आफूहरु सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि लागि परेको भन्दै भट्टराईले भीम रावलसँग पनि छलफल गरेर सहमति खोज्नुपर्नेमा जोड दिएका छन् । भट्टराईले भने, ‘पार्टीमा संवादहीनताको स्थिति राम्रो होइन । अध्यक्षले पनि छलफल गर्नुपर्छ ।’

नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग छुट्टाछुट्टै परामर्श गरिरहेका छन् ।

हिजोको बन्दसत्र हलले अध्यक्ष ओलीलाई नेतृत्व चयनको सर्वाधिकार दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस