नेपालले आज युएईसँग सामना गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालले आज युएईसँग सामना गर्दै


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आइतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ ।

दुबईमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टी २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

आइतबार नेपाल र युएई दुवै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । युएई ४ खेलमा ४ जितका साथ ८ अङ्क बनाएर शीर्ष स्थानमा छ ।

नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो ।

अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस