पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता मुख्य कुरा हो – अध्यक्ष ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता मुख्य कुरा हो – अध्यक्ष ओली


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताएका छन् । आज (शनिवार) चितवनमा जारी पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधनमा गर्दै उनले देशभरबाट सर्वसहमतिका साथ महाधिवेशन प्रतिनिधि आउनु ठुलो खुसीको कुरा भएको बताउँदै नेतृत्व चयनमा सहमति आवश्यक रहेको बताए ।

उनले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने र पार्टीभित्रको लोकतन्त्रको बारेमा आफूले बारम्बार भनेको बताउँदै भने, ‘पार्टीभित्रको मुख्य लोकतन्त्र समझदारी हो, सहमति हो, एकता हो, एकतापूर्ण ढंगले सहमतिका साथ अगाडि बढ्नु पार्टीभित्रको मुख्य लोकतन्त्र हो । विपक्षीसँगको हाम्रो संघर्ष प्रतिस्पर्धामा हुन्छ । पार्टीभित्रको प्रतिस्पर्धा मूल्याङ्कनमा हुन्छ ।’

सम्बोधन क्रममा ओलीले एकतामा जोड दिन नेता र कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । ‘पार्टीभित्र एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ,’ उनले भने ।

पार्टी एकताका लागि नेता र कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिए । उनले भने, ‘तपाईंहरू दृढतापूर्वक एकताको पक्षमा संघर्ष गर्नुहुन्नथ्यो भने आज यो महाधिवेशनमा यो हैसियतका साथ उपस्थित हुने थिएनौं । हिजो उद्घाटन सत्रमा त्यस हैसियतमा हुने कल्पना पनि गर्न सक्ने अवस्थामा थिएनौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस