नेतृत्व परिवर्तन गर्न नसके आउँदा दिनमा पार्टीलाई गाह्रो हुन्छ : नेता सिंह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेतृत्व परिवर्तन गर्न नसके आउँदा दिनमा पार्टीलाई गाह्रो हुन्छ : नेता सिंह


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यस पटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आउँदा दिनमा गाह्रो हुने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनबाट काँग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

काँग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खलबलिने उनको भनाइ छ । उनले भने,‘१३औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा ३० सिटमा झरेको पार्टी, अब फेरि हामीले सन्देश राम्रोसँग ग्रहण गरेर जनताले चाहेअनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौँ भने काँग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ । काँग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खलबलिन सकिने रहेछ भन्ने हाल सालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस