कर्णालीमा बहुविवाह मुद्दामा फरार एक महिला पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीमा बहुविवाह मुद्दामा फरार एक महिला पक्राउ


११ मंसिर २०७८, शनिबार


पक्राउ

कर्णाली । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ ।

बराहताल गाउँपालिका–१०को ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतको आदेशले एक हजारसहित एक वर्ष छ महिना कैद सजाय सुनाएपछि उनी फरार भएकी थिइन् ।

पक्राउ परेकी सारुलाई शुक्रबार नै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस