३२ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

३२ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । काँग्रेसको १४औं अधिवेशनअन्तर्गत शुक्रबार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा जिल्ला अधिवेशन भएको छ।

काठमाडौँको जिल्ला अधिवेशन भने राष्ट्रिय सभागृहको हल खाली नभएका कारण हुन सकेन।

जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार काठमाडौँ जिल्ला कार्यसमितिको बैठक शुक्रबारदेखि नै सभागृहमा सुरु भएकाले जिल्ला अधिवेशन रोकिएको हो।

काठमाडौँमा १० निर्वाचन क्षेत्र छन्। तीमध्ये ८ क्षेत्रमा नेता प्रकाशमान श्रेष्ठ र गगन थापाको समूह विजयी भएको छ। २ वटामा मात्रै सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समूह आएको छ।

काठमाडौँ जिल्ला अधिवेशनमा ३ हजार २ सय मतदाता हुनेछन्। यहाँ जिल्ला सभापतिका लागि २ जनाको प्रतिस्पर्धा हुँदैछ। सिंह थापाको समर्थनमा वर्तमान सभापति सबुज बानियाँ र देउवा–सिटौलाको समर्थनबाट उपेन्द्र कार्कीले उम्मेदवारी दिनेछन्। कार्की क्षेत्र नं। २ को सभापति भइसकेका नेता हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस