कास्की काँग्रेसको सभापतिमा कसैको पनि बहुमत नपुगेपछि फेरि मतदान तय « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कास्की काँग्रेसको सभापतिमा कसैको पनि बहुमत नपुगेपछि फेरि मतदान तय


११ मंसिर २०७८, शनिबार


पोखरा । नेपाली काँग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ ।

सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रो पटक मतदान हुने भएको हो ।

सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्रोमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्रोमा आईबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाए। ४७ मत बदर भएको बताइएको छ ।

विधानतः पहिलो चरणमा कसैले ५० प्रतिशत भन्दा बढी मत नपाए पहिलो र दोस्रो हुने उम्मेदवार बिच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस