पदाधिकारी र केन्द्रीय सदस्य चयन सर्वसम्मत हुने सम्भावनाः भट्टराई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पदाधिकारी र केन्द्रीय सदस्य चयन सर्वसम्मत हुने सम्भावनाः भट्टराई


११ मंसिर २०७८, शनिबार


चितवन । नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्य चयन सर्वसम्मत हुने सम्भावना बढेको बताएका छन् ।

शुक्रबार राति चितवनको सौराहामा बसेको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता भट्टराईले पूर्ण रूपमा सर्वसम्मत हुन्छ भन्न सकिने अवस्था नभएपनि त्यसको सम्भावना भनेको बढेको बताएका हुन् ।

उनले आजको निर्णयले एमालेमा सहमतिको वातावरण बनेको सन्देश गएको पनि बताए । ‘म यति बताउँछु कि आजको निर्णयले एमालेभित्र सहमतिको वातावरण बनेको सन्देश चाहिँ गयो,’ उनले भने ।

आजको बैठकले केन्द्रीय सदस्य र पदाधिकारीमा सदस्यको संख्या थप्ने निर्णय गरेको छ । जसनुसार अब एमालेमा केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । यस्तै पोलिट्ब्युरोमा ९९, स्थायी कमिटी ४५, पदाधिकारी ९सचिवालय० १९, अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिवमा ७ जना रहने छन् ।

अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगलाई २५ सदस्यीय बनाउने प्रस्ताव पारित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस