सौराहामा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै « प्रशासन
Logo ५ माघ २०७८, बुधबार
   

सौराहामा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै


१० मंसिर २०७८, शुक्रबार


भरतपुर ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रिय कमिटी बैठक चितवनको सौराहामा सुरु हुँदैछ । १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल सौराहामा एमालेको वर्तमान कमिटिको अन्तिम बैठक बस्न लागेको हो । ८ बजेदेखि सुरु हुने भनिएको बैठक महाधिवेशनको उद्घाटन समारोहमा आएका सवारी साधनले भएको जामका कारण केही ढिला हुने भएको छ ।

बैठकमा स्थायी कमिटीले प्रस्ताव गरे अनुरुप बन्दसत्रमा पेस हुने कार्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्ताव समेत गर्नेछ । महाधिवेशनको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री, विभिन्न दलका नेता र कार्यकर्तालाई धन्यवाद ज्ञापन बैठकबाट गरिने ज्ञवालीले बताए । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस