प्रधानमन्त्री देउवा चितवनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवा चितवनमा


१० मंसिर २०७८, शुक्रबार


नेपाली काँग्रेस

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन गएका हुन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन्।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएका हुन् । केही बेरमा उनी कार्यक्रम स्थल नारायणी नदी किनारमा पुग्नेछन् ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी फर्कनेछन् । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि त्यहाँ पुगेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस