रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते


१० मंसिर २०७८, शुक्रबार


काठमाडौँ । रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।

लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।

घटनामा ४९ मजदुर घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ ।

मिथेन ग्यास निस्किरहेकाले विस्फोट हुन सक्ने भन्दै उद्धार कार्य पनि रोकिएको छ ।

खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

२८५ जना मजदुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । राजधानी मस्कोबाट ३५ सय किलोमिटर टाढा केमेरोभो क्षेत्रमा यो खानी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस