३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ


१० मंसिर २०७८, शुक्रबार


पक्राउ

काठमाडौँ । प्रहरीले ३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौँबाट १० जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले हिजो (बिहीबार) दिउँसो तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो ।

प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउने तयारी भइरहेको खापुङले बताए ।

पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका-६ घर भई काठमाडौँ महाराजगन्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, हलेसी-९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका-६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई लगायत छन् ।

रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ। त्यसको तेल कसरी कहाँबाट काठमाडौँ ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको खापुङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस