चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु


१० मंसिर २०७८, शुक्रबार


झापा । चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस