सामुदायिक वनको चार लाख ५६ हजार हिनामिना गरेको आरोपमा अध्यक्ष र सचिवसहित तीन जनाविरुद्ध मुद्धा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सामुदायिक वनको चार लाख ५६ हजार हिनामिना गरेको आरोपमा अध्यक्ष र सचिवसहित तीन जनाविरुद्ध मुद्धा


९ मंसिर २०७८, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्री, सचिव शोभा भनिने शवीकुमारी खड्का र कोषाध्यक्ष टोपेन्द्र थापाविरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगले सामुदायिक वन उपभोक्ता समुहको सम्पत्ति रु चार लाख ५६ हजार बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई मासेको पुष्टि हुन आएको भन्दै उनहिरु विरुद्ध आज मुद्धा दायर गरेको जनाएको छ ।

तत्कालीन अध्यक्ष खत्रीले बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजहरुले आव २०६८/०७९ देखि २०७१/०७२ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित घुम्ती कोष लगानी विवरणमा रु तीन लाख ७२ हजार लिएरदिएको भनी भरपाइसमेत नभएको झुट्टा विवरण बनाएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै वन हेरालुलाई तलब रु ८४ हजार दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण बनाई आपसी मिलेमतोमा समूहको सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई मासेको पुष्टि हुन आएको हुँदा कसुरमा बिगो रु चार लाख ५६ हजार कायम गरी र उनीहरुबाट सो सम्पत्ति असुलउपर हुन मागदावीका साथ विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस