२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनको चार लाख ५६ हजार हिनामिना गरेको आरोपमा अध्यक्ष र सचिवसहित तीन जनाविरुद्ध मुद्धा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्री, सचिव शोभा भनिने शवीकुमारी खड्का र कोषाध्यक्ष टोपेन्द्र थापाविरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगले सामुदायिक वन उपभोक्ता समुहको सम्पत्ति रु चार लाख ५६ हजार बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई मासेको पुष्टि हुन आएको भन्दै उनहिरु विरुद्ध आज मुद्धा दायर गरेको जनाएको छ ।

तत्कालीन अध्यक्ष खत्रीले बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजहरुले आव २०६८/०७९ देखि २०७१/०७२ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित घुम्ती कोष लगानी विवरणमा रु तीन लाख ७२ हजार लिएरदिएको भनी भरपाइसमेत नभएको झुट्टा विवरण बनाएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै वन हेरालुलाई तलब रु ८४ हजार दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण बनाई आपसी मिलेमतोमा समूहको सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई मासेको पुष्टि हुन आएको हुँदा कसुरमा बिगो रु चार लाख ५६ हजार कायम गरी र उनीहरुबाट सो सम्पत्ति असुलउपर हुन मागदावीका साथ विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।