४० करोड अनियमितताको आशंकामा सुपर लघुवित्तमा राष्ट्र बैंकको अनुसन्धान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

४० करोड अनियमितताको आशंकामा सुपर लघुवित्तमा राष्ट्र बैंकको अनुसन्धान


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थामा आर्थिक हिनामिना भएको भन्दै अनुसन्धान शुरु गरेको छ । संस्थाका अध्यक्ष किरण चौधरीको प्रत्यक्ष संलग्नतामा ४० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको उजुरी परेपछि केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले अनुसन्धान शुरु गरेको हो ।

स्रोतका अनुसार संस्थाको कुल ७२ करोड रुपैयाँ ऋण मध्ये आधा भन्दा धेरै फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी गरिएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

निकै ठूलो अनियमितता भएको प्रारम्भिक सूचना पछि केही दिन अघि राष्ट्र बैंकको टोली निरीक्षणका लागि यस संस्थामा पुगेको थियो । तर संस्थाका कर्मचारीहरुले कागजातहरु लुकाउनुका साथै सफ्टवेयर समेत हेर्न दिएका थिएनन् । संस्थाले अनुसन्धानमा असहयोग गरेपछि अनुसन्धान प्रतिवेदन तयार पार्न पनि ढिलाइ भएको राष्ट्र बैंकको स्रोतले जानकारी दियो ।

दाङको तुलसीपुर केन्द्रीय कार्यालय रहेको यो संस्था गैर सरकारी संस्था (एनजिओ)बाट लघुवित्त बनेको थियो । संस्थाका अध्यक्ष भन्दा पनि अध्यक्षका बुवा ज्योति चौधरीले संस्थामा प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको समेत अनुसनधानको प्रारम्भिक निष्कर्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस