काँग्रेस महाधिवेशन: डोटीमा पार्टी सभापतिमा सिंह विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस महाधिवेशन: डोटीमा पार्टी सभापतिमा सिंह विजयी


९ मंसिर २०७८, बिहिबार


डोटी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् ।

बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

उनका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेका छन् । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी भएका हुन् ।

मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिसत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियो । सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए ।

कुल मतदाता एक हजार १०७ रहेका थिए । बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गर्नुभएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस