गुन्डा नाइके गिरीलाई विराटनगर कारागार ल्याइयो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गुन्डा नाइके गिरीलाई विराटनगर कारागार ल्याइयो


९ मंसिर २०७८, बिहिबार


विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा कैदी भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई जिल्ला कारागार मोरङको विराटनगर ल्याइएको छ ।

काँग्रेस नेताहरूको दबाबमा गिरीलाई बिहीबार बिहान करिब चार बजे कारागार ल्याइएको हो । मोरङ आए लगत्तै उनलाई कारागार भित्र प्रवेश गराइएको कारागार स्रोतले जानकारी दिएको छ ।

गत भदौ १७ गते डिल्लीबजार कारागारबाट मोरङ सरुवाको निर्णय भएपछि गिरीलाई कात्तिक १६ गते बिहान विराटनगर ल्याइएको थियो । तर कैदी बन्दीले प्रदर्शन गर्दै प्रवेश गर्न दिएनन् । कैदी बन्दीले प्रवेश नदिएपछि कारागार व्यवस्था विभागले गिरीलाई सप्तरी कारागार सरुवा गर्‍यो । सप्तरी सरुवा भएको १७ दिनपछि काँग्रेस नेताहरूको दबाबमा उनलाई पुनः मोरङ नै ल्याइएको हो ।

मङ्सिर ४ गते सरुवाको निर्णयपछि कारागारका कैदीबन्दीहरु गिरीको विपक्षमा उभिए । गिरीलाई मोरङ ल्याउनु हुँदैन भन्ने पक्षमा देखिएका कारागारका चौकीदार कात्तिक कामतसहित ८ जनालाई बुधवार अन्यत्र सरुवाको निर्णय भयो । उनीहरूलाई सरुवाको निर्णय भएको २४ घण्टा बवित्दै गिरीलाई मोरङ ल्याइएको हो ।

बुधवार बेलुका मोरङ कारागारका चौकीदार कात्तिक कामत, सिटी नाइके युवराज परियार, वडा नाइके रितेश कामतसहित जेल प्रशासनमा रहेका मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलको सिन्धुली सरुवाको निर्णय भएको थियो । तीमध्ये कामत र परियारलाई मात्रै सिन्धुली लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस