आज एमाले अध्यक्ष ओली चितवन जाँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आज एमाले अध्यक्ष ओली चितवन जाँदै


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन जान लागेका हुन् ।

आज ओली सौराहास्थित अर्थलाइट होटेलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

यस्तै उनले महाधिवेशन स्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवनमा आउने क्रम सुरु भएको छ ।

एमालेको १० औँ महाधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी किनारमा गर्ने कार्यक्रम रहेको छ भने बन्दसत्र सौराहामा सञ्चालन गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस