सर्वोच्चमा सकियो फुलकोर्ट , १५ गतेदेखि गोलाप्रथा कार्यान्वयन गर्ने निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चमा सकियो फुलकोर्ट , १५ गतेदेखि गोलाप्रथा कार्यान्वयन गर्ने निर्णय


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट बैठक सकिएको छ । बैठकले आगामी १५ गतेबाट पेसी व्यवस्थापनमा गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको बैठकमा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रत्यक्ष सहभागी थिएनन् । अघिल्लो साताको फुलकोर्टले पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेको थियो ।

त्यसलाई १५ मंसिरबाट कार्यान्वयनमा लैजानका लागि सूचना प्रकाशन लगायतका आवश्यक तयारी गर्ने निर्णय आजको बैठकले गरेको हो । न्यायाधीशहरूले यस विषयमा सर्वोच्च प्रशासनका कर्मचारीहरूसँग समेत छलफल गरेका थिए ।

पछिल्लो निर्णयअनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रुपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्ने छन् ।

प्रधानन्यायाधीशले समितिको अध्यक्षता गर्ने गरी भएको नियमावली संशोधनमा न्यायाधीशहरू आफैँ अलमलिएका थिए । यद्यपि, उनीहरू निर्णय कार्यान्वयनमा लैजान तयार भएका छन् ।

छलफलमा सहभागी एक न्यायाधीशका अनुसार सर्वोच्चको फुलकोर्ट भोलि दिउँसो २ बजे पनि बस्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस