पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना सङ्क्रमण, २३२ जना निको भए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना सङ्क्रमण, २३२ जना निको भए


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज (बुधबार) ३३२ जना सङ्क्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्।

७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय सङ्क्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९३ पुगेको छ।

२३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसै गरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

त्यस्तै, काठमाडौँ उपत्यकामा १८१ थपिएका छन्। जसमध्ये काठमाडौँमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ सङ्क्रमित छन्।

Tags :
प्रतिक्रिया दिनुहोस