नेप्सेमा झिनो सुधार ,१०२ कम्पनीको सेयर मूल्य बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा झिनो सुधार ,१०२ कम्पनीको सेयर मूल्य बढ्यो


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से झिनो अङ्कले सुधार भएको छ । १. ८२ अङ्कले बढेसँगै परिसूचक २७३४ अङ्कमा कायम भएको हो ।

कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।

१०२ कम्पनीको सेयर मूल्य बढ्यो भने ७६ कम्पनीको घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । मैलुङखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढ्यो । कर्णाली विकास बैङ्क र पञ्चकन्या माई हाइड्रोको मूल्य ६ प्रतिशतले बढ्यो ।

बैङ्किङ उपसमूह ७, जीवन बीमा ६१ र व्यापार ३८ अङ्कले घटे । ती बाहेकका सबै उपसमूह बढेका छन् ।

विकास बैङ्क ४२, फाइनान्स ३५, होटल तथा पर्यटन २, जलविद्युत २३, उत्पादन २६, निर्जीवन बीमा ३६, अन्य ५ र माइक्रो फाइनान्स उपसमूह ३ अङ्कले बढे । धेरै रकमको कारोबार हुनेमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस