भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भएको संयुक्त राष्ट्रसङ्घको भनाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भएको संयुक्त राष्ट्रसङ्घको भनाई


८ मंसिर २०७८, बुधबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आफ्नो अनुगमनबाट देखिएको बताएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो । मंगलबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसङ्घका महासचिवको प्रेस कार्यालयले यहाँको निर्वाचन आयोग र निर्वाचनका अधिकारीहरुले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएको छ ।

सो विज्ञप्तिमा निर्वाचनका क्रममा भएका केही हिंसाका घटनाहरुका बारेमा पनि जानकारी आएको भन्दै तर ती सबै घटनाको छानबिन यहाँको सरकार र संयुक्त राष्ट्रसङ्घले गर्ने पनि बताइएको छ ।

साथै उक्त विज्ञप्तिमा यहाँका सबै खालका हिंसा तथा विवादहरु पनि अब यो निर्वाचनमार्फत समाधान हुने अपेक्षा पनि गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस