संघीयता खारेजीसहित २८ बुँदे माग राख्दै समाजवादी केन्द्रले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र « प्रशासन
Logo ३२ जेष्ठ २०८१, शुक्रबार
   

संघीयता खारेजीसहित २८ बुँदे माग राख्दै समाजवादी केन्द्रले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । समाजवादी केन्द्र नेपालले संघीयता खारेजीसहित विभिन्न २८ वटा माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार पार्टीका अध्यक्ष युवराज सफलको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएको हो । आफ्ना माग पूरा गर्न पार्टीले प्रधानमन्त्री देउवालाई ३५ दिनको समय दिएको छ । निर्धारित समयभित्र माग पूरा नभएमा आफूहरु जनविद्रोहमा जाने तथा जनकारवाहीमा जाने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ ।

पार्टीले संघीयता खारेज गरी नयाँ ढंगले राज्य पुनर्संरचना गर्न, एमसीसी सम्झौता खारेज गर्न, धर्म निरपेक्षता खारेज गरी वैदिक सनातनी धार्मिक व्यवस्था कायम, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न, सर्वपक्षीय बृहद् राष्ट्रिय राजनीतिकसभा आयोजना गरी संविधान संशोधन गर्न, कालापानी, लिम्पियाधुरा र लिपुलेकका नागरिकलाई राष्ट्रिय जनगणनामा सामेल गराउन पार्टीले माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस