चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह


८ मंसिर २०७८, बुधबार


संयुक्त राष्ट्रसङ्घ । इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले सो धारणा राखेका हुन् । उनले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति पनि खुसी व्यक्त गरेको थियो ।

उनले इराकले शान्तिपूर्ण रूपमा र आम सहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको उनले बताए।

इराकमा हिंसा मच्चाइरहेका सबै पक्षले अब सरकार निर्माणमा सहयोग गर्ने र आफूहरु पनि सरकारमा जाने वातावरणका लागि लाग्नुपर्ने उनले बताएका थिए ।

उनले भनेका छन्– हामी इराकका सबै पक्षलाई आफ्ना कुराहरु शान्तिपूर्ण रूपमा राख्न, आफ्ना मागहरु आफूहरु नै सरकारमा गएर पूरा गर्न र सबै प्रकारका मागहरु शान्तिपूर्ण रूपमा र वार्ताका माध्यमबाट पूरा गर्ने वातावरण बनाउन माग गर्दछौँ ।

साथै उनले यही नोभेम्बर ७ मा इराकका प्रधानमन्त्रीमाथि भएको हिंसात्मक हमलाको पनि निन्दा गरेका छन् । यसरी गरिने हिंसा र आतङ्कका घटनाहरुबाट कसैको पनि माग पूरा नहुने र यस्तो बाटो कसैले पनि अवलम्बन गर्न नहुने पनि उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस