रसुवामा सवारी दुर्घटनामा परि चार वर्षीया बालिकाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रसुवामा सवारी दुर्घटनामा परि चार वर्षीया बालिकाको मृत्यु


८ मंसिर २०७८, बुधबार


बालक

रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । गोसाईंकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौँबाट धुन्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको यात्रुवाहक टाटा सुमोले ठक्कर दिएको थियो ।

गोसाईंकुण्ड गापा–६ का ३० वर्षीया ऊर्जा घले र आठ वर्षीय करण धले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँको धापासीस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

पैदल यात्रीलाई ठक्कर दिई जिप राजमार्गभन्दा करिब ५० मिटर तल खसेको थियो । जिपमा चार जना सवार थिए । आमाछोदिङ्मो गापा–५ ब्राजमका जिप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा नं २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस