लमजुङ काँग्रेस सभापतिमा गुरुङ विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लमजुङ काँग्रेस सभापतिमा गुरुङ विजयी


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस लमजुङ जिल्ला कार्यसमितिको सभापतिमा टकराज गुरुङ विजयी भएका छन्।

उनी सभापति शेरबहादुर देउवानिकटका हुन् । उनले गमप्रसाद गुरुङलाई हराएर विजय प्राप्त गरेका हुन् ।

सभापतिमा निर्वाचित टकराजले ६६९ मत ल्याएका थिए भने गमप्रसादले ५३६ मत मात्रै ल्याएका थिए।

उपसभापतिमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे विजयी भएका छन् । सचिवमा कृष्णबहादुर अधिकारी र विमल श्रेष्ठ निर्वाचित भएका छन्। सहसचिवमा नरबहादुर गुरुङ र विश्व पौडेल निर्वाचित भएको काँग्रेस लमजुङले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस