आज नेपाल बारले १८ वटा उच्च अदालतहरूमा विरोध सभा गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज नेपाल बारले १८ वटा उच्च अदालतहरूमा विरोध सभा गर्ने


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसियसनले आज उच्च अदालतहरूमा विरोध सभा गर्ने भएको छ ।

देशका १८ वटै उच्च अदालतमा विरोध प्रदर्शन र सभा गर्न बारले मातहतका इकाईहरूलाई निर्देशन दिएको छ । १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पनि खटाइएको बार महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति मार्फत जानकारी दिए ।

विरोध कार्यक्रम अनुसार बारको केन्द्रीय नेतृत्व भने पाटन उच्च अदालत परिसरमा हुने विरोध कार्यक्रममा सहभागी हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस