नसा सम्बन्धी रोगबाट ग्रस्त राखेपका पूर्व उपाध्यक्ष शेर्पाको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नसा सम्बन्धी रोगबाट ग्रस्त राखेपका पूर्व उपाध्यक्ष शेर्पाको निधन


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव लामा टेण्डी शेर्पाको निधन भएको छ।

नसा सम्बन्धी रोगबाट विगत तीन वर्षदेखि अस्वस्थ्य रहेका शेर्पाको बुधबार बिहान ३:४५ बजे विशालनगरस्थित ओरागन केयर होममा निधन भएको उनका परिवारका सदस्य एवं नेपाल उसु महासङ्घले जानकारी दियो ।

नसा सम्बन्धी रोगले थला पर्नुअघि उनको उपचारको हर सम्भव उपाय अवलम्बन गरिएको थियो। उनको अमेरिका, भारत, चीनलगायतका राष्ट्रमा समेत पुगेर उपचार गराइएको थियो। तर, कहीँ पनि उपचार सम्भव नभएपछि पछिल्लो दुई वर्षदेखि ओरागन केयर होममै राखेर उपचार गराइएको थियो। उनका बुवा, आमा, दुई दाइ र एक बहिनी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस