बसको ठक्करबाट माओवादीका नेता बन्जाडेको मृत्यु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बसको ठक्करबाट माओवादीका नेता बन्जाडेको मृत्यु


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो ।

बञ्जाडे अखिल (क्रान्तिकारी)को पूर्व महासचिव समेत हुन् । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस