दुर्घटनामा मृत्यु भएपछि गाडीमा आगजनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुर्घटनामा मृत्यु भएपछि गाडीमा आगजनी


८ मंसिर २०७८, बुधबार


सिन्धुली । बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोटरसाइकल चालक बागलुङ जिल्ला साबिक दलिन गाविस–९ निवासी बुढामगर पर्सा प्रहरी कार्यालयमा कार्यरत प्रहरी भएको खुल्न आएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना३६प ५७९ नम्बरको मोटरसाइकललाई बर्दिबासतर्फ जाँदै गरेको बा२च ९२२६ नम्बरको बोलेरोले ठक्कर दिएको उनले जानकारी दिए ।

मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेका छन् । आज साँझ दुर्घटना भएको र आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरेका कारण राजमार्ग अवरुद्ध भएको हो ।

तीन घण्टादेखि राजमार्ग खुलाउने प्रयास प्रहरीले गरे पनि राजमार्ग सञ्चालन हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस