रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ : अध्यक्ष ओली « प्रशासन
Logo २४ मंसिर २०७९, शनिबार
   

रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ : अध्यक्ष ओली


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बताएका छन् ।

महाधिवेशनको पूर्व सन्ध्यामा हिजो (सोमबार) सम्पादकहरुसँगको छलफलमा भने– ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। म प्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ ।’

उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए।

‘उहाँले सुझाव दिनु भएको छ,’ उनले भने, ‘उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो सुझाव एक खालका निकै मान्छेहरुले मन पराउने सुझाव पनि हो । मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पनि बाहिरतिर देखिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस