२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताएका छन् ।

बझाङका जनप्रतिनिधिले आज उनलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

गत असोज ३१ देखि कात्तिक २ गतेसम्म अविरल बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले बझाङमा ठुलो जनधनको क्षति भएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले सो विपद् लगत्तै आफै स्थलगत अध्ययनमा गएको र त्यहाँको अवस्था अवलोकन गरेको बताए। उनले भने, ‘जिल्लामा बाढीपहिरो प्रभावितलाई आवश्यक सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण बारे सरसल्लाह हुँदैछ ।’

खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्ति तत्काल गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले बाढीपहिरोले कतिपय स्थानमा राजमार्ग नै पुरै बगाएकाले नयाँ र दिगो बाटो बनाउन दातृ निकायसँग समेत कुरा गर्ने बताए ।

प्रधानमन्त्री देउवालाई बझाङस्थित सबै दलका सङ्घीय र स्थानीय जनप्रतिनिधिले सामूहिक रुपमा भेटेर बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे अवगत गराउँदै आफ्ना विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

उक्त बाढीपहिरोमा परी बझाङमा ३१ जनाको ज्यान जानुका साथै बाढीपहिरोले नदी तथा खोला किनाराका हजारौँ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । जिल्लाका झन्डै ५०० परिवार भन्दा बढीको घर खेत बगाएर उठिबास भएको र २०० भन्दा बढी परिवार सुकुम्वासी भएको जनप्रतिनिधिले जानकारी गराएका छन्।

बाढीपहिरोले जिल्लामा भएका अधिकांश सरकारी तथा गैरसरकारी भौतिक संरचना सडक, विद्यालय भवन, सिँचाइ नहर तथा सिँचाइ कुला, स्वास्थ्य संस्था, सार्वजनिक भवन तथा धार्मिक स्थल, झोलुङ्गे पुल, विद्युत् गृह तथा विद्युत्लाईन, पक्की मोटेरेबल पुलसमेत बगाएका छन् ।

पीडित परिवारलाई तत्कालै आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, भौतिक संरचना पुनः निर्माणका लागि छुट्टै परियोजना युनिटको स्थापना गर्न, खेतीयोग्य जमिन सुधार गर्न ‘कामका लागि दाम’ कार्यक्रम सञ्चालन गर्न, पूर्णरुपले क्षति भएका घरपरिवार र घर जमिन बगाएका बस्तीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न जनप्रतिनिधिले माग गर्नुभएको छ ।

दक्षिण एसियालाई जोड्ने नेपालको सबै भन्दा छोटो त्रिदेशीय नाकाका रुपमा रहेको चैनपुर ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी द्रुतगतिमा काम अगाडि बढाउनुपर्ने समेत उनीहरुको माग छ ।

भेटमा सांसद भैरबबहादुर सिंह, प्रकाश रसाइली, संविधानसभा सदस्य चन्द्रादेवी जोशी, अफिलाल ओखेडा, जिल्ला समन्वय समिति बझाङका संयोजक खडकबहादुर खड्का, जिल्लास्थित प्रमुख दलका स्थानीय नेतृत्व, सबै स्थानीय तहका प्रमुख र नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता थियो ।