बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु


७ मंसिर २०७८, मंगलबार


सोफिया । पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । 

उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।

मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् ।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस