‘सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ’


६ मंसिर २०७८, सोमबार


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला र क्षेत्रीय प्रतिनिधिको निर्वाचनको चटारोले केही ढिलो भए पनि जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गरिने बताए । ‘गठबन्धन दलका नेताहरुबीच छलफल भइरहेको छ’, उनले भने ।

यही मङ्सिर १४ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले यही मङ्सिर २ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ । सत्ता गठबन्धन दलमा १२ प्रदेशसभा सदस्य भएको नेकपा (माओवादी केन्द्री)ले चार मन्त्री, तीन प्रदेशसभा सदस्य भएको नेकपा (एकीकृत समाजवादी)ले तीन तथा ६ प्रदेशसभा सदस्य भएको नेपाली कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई मन्त्री पाउनुपर्ने अडान लिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस