‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता –२०७८’ हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता –२०७८’ हुँदै


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मङ्सिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगिता आर्मी अफिसर्स क्लबका दुई कोर्ट र नेपाल लन टेनिस सङ्घको दशरथ रङ्गशालास्थित दुई कोर्टमा सञ्चालन गरिने सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिए।

खुलातर्फ पुरुष सिङ्गल र डबल, महिला सिङ्गल र डबल तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि समूहका सिङल तथा डबल प्रतियोगिता हुनेछन् ।

मुलुकको टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने हेतुले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल लन टेनिस सङ्घको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा अन्तर सरकारीतर्फ पुरुष डबल खुल्ला हुने छ ।

तहगतरुपबाटै प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रतियोगितामा क्लबबाट खेलाडी सहभागी हुनुपर्नेछ ।

विजेता क्लबलाई नगद पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीले सिङ्गलतर्फ रु एक हजार ५०० सय र डब्बलका लागि रु दुई हजार दर्ता शुल्क कायम गरिएको छ ।

प्रतियोगितामा मेन्स र विमन सिङ्गल्सतर्फ विजयी, रनर अप र सेकेन्ड रनरअपलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्राप्त गर्ने छन् । मेन्स र ओमन डबलतर्फ विजयी, रनर अप तथा सेकेन्ड रनरअफ हुनेलाई क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने छ ।

भेट्रान्सतर्फ ३५ वर्ष समूहको सिङ्गलतर्फ विजयी, रनरअप र सेकेन्ड रनर अप हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार र १५ हजार प्राप्त गर्ने छन् ।

सङ्घका अध्यक्ष ज्योति रानाले ग्राउन्ड र कोर्ट नभएका कारण जताततै खेल्न नमिल्ने भए पनि बच्चादेखि नै धेरै संलग्न हुने खेलका रुपमा टेनिस रहँदै आएको बताए ।

महासचिव मनोहरदास मुलले एउटा कोर्ट बनाउन मिलेको जग्गा भएमा डेढ रोपनीमा बन्ने बताए । कार्यक्रम चलाउन एउटा मात्र कोर्टबाट कठिन हुनेछ । मुलुकमा ३५/४९ प्रशिक्षक र पाँच छ सयको व्यावसायिक खेलाडी रहेको जानकारी दिइएको छ ।

सङ्घका प्रशिक्षक कृष्णराम घलेले सन् १९५५ बाटै टेनिस खेल नेपालमा हुँदै आए तापनि मुलुकका मुख्य–मुख्य सहरमा मात्रै सीमित रही आएको बताए ।

हरेक राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिस खेल सधैँ जसो समावेश हुँदै आएको छ । गत दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले टेनिसतर्फ वीमन सिङ्गल र डबलमा तेस्रो स्थानका साथ पदक प्राप्त गरेको थियो ।

टेनिस खेलको विकासका लागि बालबालिकादेखि नै खेल सिकाउन र निरन्तरता दिन आवश्यक रहेको प्रशिक्षक घलेले जानकारी दिए। विश्वमा फुटबल र टेनिस नखेल्ने मुलुक नै नरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस