नेपालले पहिले ब्याटिङ गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालले पहिले ब्याटिङ गर्ने


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

पहिलो पटक विश्वकप खेल्ने सोचमा रहेको नेपाल हङकङलाई पराजित गर्दै प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । यता हङकङ पनि नेपाललाई पराजित गर्दै जीत निकाल्ने दाउमा छ ।

विभिन्न छ टोली सहभागी उक्त प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाली महिला टोलीले २०१९ को टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई चार विकेटले हराएको थियो ।

त्यसयता नेपाल र हङकङको भेट भएको छैन । छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भुटानसँग भोलि खेल्नेछ भने तेस्रो खेल कुवेतसँग बिहीबार खेल्ने तालिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस