चैत दोस्रो हप्ता टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चैत दोस्रो हप्ता टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । काठमाडोँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ हुने भएको छ । लोक संस्कृतिको पहिचानसँगै लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले यो महोत्सब सञ्चानल हुन लागेको हो ।

चैतको दोस्रो हप्ता पाँच दिनसम्म काठमाडौँको टुँडिखेलमा महोत्सव गर्न लागिएको आयोजकले बताएको छ ।

महोत्सवमा दुई सय बढी स्टल रहने, विभिन्न जिल्लाको स्थानीय कला–संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाका स्थानीय कलालाई देखाउने गरी कार्यक्रम गरिने भएको हो ।

आयोजक संस्था डीएआर मुभिजले यसअघि २०७६ साल फागुनमा टुँडिखेलमै प्रथम ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस