सिके राउत नेतृत्वको तेस्रो चरणको आन्दोलनका लागि बैठक बस्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिके राउत नेतृत्वको तेस्रो चरणको आन्दोलनका लागि बैठक बस्दै


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । आज सिके राउत नेतृत्वको तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्नका लागि जनमत पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

आज जनकपुरमा बस्न लागेको उक्त बैठकमा दुई चरणमा सम्पन्न आन्दोलनको कार्यक्रमको समीक्षा, पालिका तहमा भएका अधिवेशनको रिपोर्टिङ र तेस्रो चरणका आन्दोलनको कार्यक्रम बारे समीक्षा हुने सो जनमत पार्टीले जनाएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहकमाथि जनमत पार्टीका कार्यकर्ताले कात्तिक ४ गते गरेको दुर्व्यवहारमा संलग्न कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसको विरुद्धमा जनमत पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । दोस्रो चरणको आन्दोलन गरिरहँदा थुनामा रहेका उनका कार्यकर्तालाई प्रहरीले रिहा गरिसकेको छ ।

आफ्ना कार्यकर्ता रिहा भइसकेपछि अब कस्तो खालको आन्दोलनका कार्यक्रम गर्ने त्यस विषयमा आजको बैठकले तय गर्ने गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस