टिचिङ अस्पताल पुगे अमेरिकी सहायक विदेशमन्त्री लु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

टिचिङ अस्पताल पुगे अमेरिकी सहायक विदेशमन्त्री लु


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर फाइजर खोप केन्द्र अवलोकन गरेका छन् ।

तीन दिने नेपाल भ्रमणको क्रममा रहेका सहायकमन्त्री लुले आज बिहान शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको फाइजर खोप अभियानको अवलोकन गरेका हुन् ।

सो अवसरमा सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरेका छन् ।

खोपकेन्द्र अवलोकन कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी लगायत पनि सहभागी थिए ।

तीनदिने नेपाल भ्रमणका लागि गत बुधबार काठमाडौँ आएका लुले आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस