प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा छ: सभामुख श्रेष्ठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा छ: सभामुख श्रेष्ठ


२ मंसिर २०७८, बिहिबार


बागमती । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा रहेको बताएका छन् ।

प्रदेशसभा सचिवालयमा आज भएको ‘संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास’ सम्बन्धी अन्तक्र्रियामा सभामुख श्रेष्ठले प्रदेशसभाले पक्षपातरहित काम गरेको दाबी गरे ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा जनपत्र मिडियाले अयोजना गरेको कार्यक्रममा श्रेष्ठले प्रदेशसभाले नागरिकको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको उल्लेख गरे । उनले संसद् सञ्चालनका क्रममा विगतमा केही कमजोरी भएको भए पनि कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभाका निमित्त सचिव विनोद अमात्यले प्रदेशसभाले हालसम्म गरेका कानूनका विषयमा जानकारी गराएका थिए । उनले प्रदेशसभाबाट हालसम्म ६२ वटा ऐन पारित तथा संशोधित भएको जानकारी दिए । ‘प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाँकी ऐन ४५ वटा रहेका छन्’, उनले भने ।

कार्यक्रममा भर्चुअल विधिमार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधव पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकारले प्रदेशसभामा खुलापनलाई ध्यान नदिएको गुनासो व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस