कक्षा १२ को परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने बोर्डको तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कक्षा १२ को परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने बोर्डको तयारी


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मङ्सिर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मङ्सिर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताए । उनले भने ‘अहिले हामीले सबै काम एक साथ गरिरहेका छौं । सक्दो छिटो नतिजा सार्वजनिक गर्नेछौं ।’

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस