माओवादी केन्द्रले संशोधन गर्‍यो विधान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

माओवादी केन्द्रले संशोधन गर्‍यो विधान


२६ कार्तिक २०७८, शुक्रबार



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ ।

आज सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ । साविकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो ।

कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यी वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ । त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेका छ । अहिले सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ ।

राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस