माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयमा हेरफेर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयमा हेरफेर


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा हेरफेर भएको छ ।

हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएको छ । महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा थिए ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ललाई नयाँ स्वकीय सचिवको रुपमा राखिने चर्चा रहेको छ ।

यस्तै प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरमा केन्द्रित हुन भनिएको छ । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने अझै टुङ्गो लागेको छैन ।

‘सचिवालयमा कसलाई राख्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ,’ केन्द्रका एक नेताले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस