काठमाडौँ । सल्यानस्थित बागचौर नगरपालिका–४ का वडाध्यक्ष प्रेमबहादुर पुनले आफू विरुद्ध सामाजिक सञ्जालमा लेखेकै कारण स्थानीय युवालाई सेवा प्रतिबन्धमा रोक लगाएका छन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले सोही वडाको सिमाखोली भन्ने ठाउँका दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट वञ्चित गराएको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।
फेसबुकमा वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधिलाई समेटेर ‘छोटे राजा’ संज्ञा दिई चरित्रहत्या गर्ने काम भएको उनको भनाइ छ ।