राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान


२६ कार्तिक २०७८, शुक्रबार


कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घर आँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन् ।

उनले एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गरेका हुन् ।

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ । यसका लागि गणक परिचालन भएका छन् । आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ । विसं १९६८ देखि जनगणना सुरुआत भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस