मध्य प्रदेशको एक बाल अस्पतालमा आगलागी : चार शिशुको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मध्य प्रदेशको एक बाल अस्पतालमा आगलागी : चार शिशुको मृत्यु


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । भारत मध्य प्रदेशको बाल अस्पतालको एक उपचार कक्षमा आगलागी हुँदा चार शिशुको मृत्यु भएको छ ।

मध्य प्रदेशको भोपालस्थित कमला नेहरु बाल अस्पतालको एसएनसीयूमा हिजो (सोमबार) राति आगलागी भएको हो । घटनाको उच्च स्तरीय छानबिन गर्न आदेश दिइएको छ ।

चिकित्सा शिक्षा मन्त्री विश्वास सारङ्गले सो उपचार कक्षभित्रको अवस्था एकदमै भयानक भएको भन्दै ‘सर्ट सर्किट’का कारण आगलागी भएको हुन सक्ने बताए । ‘एसएनसीयू कक्षमा सम्भवत सर्ट सर्किटको कारण आगलागी हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ’, सारङ्गले भने ।

एक अधिकारीका अनुसार अस्पतालको तेस्रो तलाबाट आगलागी सुरु भएको थियो । ९ बजेतिर आगो लाग्न सुरु भएको र अग्नि नियन्त्रकहरू झन्डै १० बजेतिर आगो निभाउन पुगेको ती अधिकारीले बताएका छन् ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकको परिवारलाई राहत स्वरुप ४ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

सो उपचार कक्षमा ४० जना बालबालिका भर्ना गरिएको थियो । ३६ जनाको अरु कक्षमा उपचार भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस