२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्ला

अ+ अ-

इस्लामावाद । पाकिस्तान र अफगानिस्तानको सीमा नाका पुनः सञ्चालन हुन थालेको छ ।

झन्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् ।

उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पुर्याएर आउन जान दिने गरेका छन् ।

अफगानिस्तान र पाकिस्तानको प्रमुख नाकाको रूपमा रहेको चामन नाकाबाट विशेष गरेर फलफूलका ट्रकहरू धेरै आवत जावत गर्ने गरेका छन् ।

अफगानिस्तानको दक्षिणी सहर कान्दहरबाट पाकिस्तानका लागि व्यापारिक कारोबार धेरै हुने गरेको छ ।

पाकिस्तानी पत्रिकाहरूका अनुसार सो नाका गत अक्टोबर ५ देखि बन्द भएको थियो । नाका बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको थियो भने व्यवसायी तथा व्यापारी र आम उपभोक्ताहरु समेत मर्कामा परेका थिए । नाका खुल्ला भएपछि सबै खुसी भएका छन् ।

‘पाकिस्तान र अफगानिस्तानको सीमा नाका पुनः खुल्ला गरिएको छ, त्यहाँबाट अव सामान ओसार पसार गर्नुका साथै मानिसहरु पनि आवत जावत गर्न थालेका छन्,’ पाकिस्तानी उच्च सीमा सुरक्षा अधिकारीले भने ।

सीमा बन्द गर्नका लागि राखिएका वस्तुहरू पनि सिमानाबाट हटाइसकिएको अधिकारीहरूले जानकारी दिएका छन् ।